Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

माधव नेपालले भने ‘ओलीको टाङमुनि छिर्ने छैनौँ'

माधव नेपालले भने ‘ओलीको टाङमुनि छिर्ने छैनौँ'

  • मंगलवार, श्रावण २६ २०७८

  • 874
    SHARES

  • माधव नेपालले भने ‘ओलीको टाङमुनि छिर्ने छैनौँ'

    काठमाडौँ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरू दृढतापूर्वक अगाडि बढ्ने र कसैको टाङमुनि नछिर्ने बताउनुभएको छ ।

    हालै एमबीबीएसको प्रवेश परीक्षामा सामुदायिक स्कूलबाट पहिलो नम्बरमा नाम निकाल्न सफल आशिक झालाई बधाई दिने कार्यक्रममा नेपालले आफूले राजनीतिको कुरा नगर्ने बताउनुभयो ।

    तर, लगत्तै नाम नलिइकन आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओलीलक्षित टिप्पणी गर्दै भन्नुभयो, ‘हामी दृढताका साथ अगाडि बढ्नेछौँ। कसैको टाङमुनि छिर्ने छैनौँ। अध्याँरो सुरुङमा छिर्नेवाला छैनौँ। तानाशाही प्रवृत्तिसँग झुक्ने छैनौँ।’


    नेता नेपालले कर्णालीमा प्रदेशसभा सदस्य पद गुमेका आफूपक्षीय नेताहरूलाई फेरि जिताएर ल्याउने दाबी गर्नुभयो । उनीहरूले बहादुरी देखाएको नेपालको टिप्पणी छ ।

    ‘कर्णालीका साथीहरुले बहादुरी देखाउनु भयो, कायरता देखाउनु भएन’, उहाँले भन्नुभयो, ‘उहाँहरुले जितेको पद खोसिएको छ, अब पार्टी सदस्यता पनि खोसियो भने, त्यहाँ फेरि चुनाव भयो भने उहाँहरूलाई जिताएर ल्याउने जिम्मा मेरो भयो।’

    बहादुरी भएकाहरुको मात्र कदर हुने र कायरहरुलाई ठाउँ नभएको उहाँको टिप्पणी छ ।


    मंगलवार, श्रावण २६ २०७८०६:०२:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij