Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
देउवालाई गगनको प्रश्न :

‘कक्षा १२ को परीक्षामात्र स्थगित गरिनुको कारण के ?’

‘कक्षा १२ को परीक्षामात्र स्थगित गरिनुको कारण के ?’

  • सोमवार, श्रावण २५ २०७८

  • 1.3K
    SHARES

  • ‘कक्षा १२ को परीक्षामात्र स्थगित गरिनुको कारण के ?’

    काठमाडौं – सरकारले कक्षा १२ को मात्र परीक्षा स्थगित गरेकोप्रति नेपाली कांग्रेसका युवा नेता गगन थापाले असन्तुष्टि जनाउनुभएको छ । अन्य सबै परीक्षा भने कायमै राखेर कक्षा १२ को मात्र स्थगित गरिएकोप्रति लक्षित गर्दै उहाँले यसको आधार-तर्क के हो भन्दै प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहनुभएका शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको छ ।

    ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ?’, पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सामाजिक सञ्जालहरुमार्फत आफ्नै पार्टीका प्रधानमन्त्री देउवालाई प्रश्न गर्नुभएको छ, ‘यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो ।'

    सरकारले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालय (त्रिवि)लगायतका परीक्षा जारी राखेको छ । आइतबार बसेको त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषदको बैठकले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय थियो । यसप्रति कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका थापाले असन्तुष्टि जनाउनुभएको हो ।

    Capture.PNG


    सोमवार, श्रावण २५ २०७८१२:३८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij