Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

रौतहटमा तीर्थालु चढेको गाडी दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

रौतहटमा तीर्थालु चढेको गाडी दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

  • सोमवार, श्रावण २५ २०७८

  • 895
    SHARES

  • रौतहटमा तीर्थालु चढेको गाडी दुर्घटना : एक जनाको मृत्यु, पाँच घाइते

    काठमाडौं – रौतहटको चन्द्रपुरमा बोलबमको तीर्थालु बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका–१ नुनथरमा आज आज बिहानै बोलेरो पिकअप गाडी नुनथर नजिकैको बागमती सिंचाइको नहरमा दुर्घटना भएको छ । दुर्घटनामा एकजना तीर्थालुको मृत्यु भएको छ ।

    बिहान ४ बजे भएको दुर्घटनामा परेर बारा गढिमाईकी ४५ वर्षीया मीनादेवी कोइरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । । साथै, पाँच जना घाइते भएका छन् ।

    बाराको महागढीमाई नगरपालिकाबाट बोलबमका तीर्थालु बोकेर नुनथरमा रहेको बागमती नदीबाट जल बोक्न आएको ना ५ च ३१६६ नम्बरको गाडी सडकभन्दा ५० मिटर तल नहरमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेकी एक महिला हराइरहेको तथा पाँचजना घाइतेलाई उपचारका लागि चन्द्रपुर पठाएको प्रहरीले जनाएको छ ।

     


    सोमवार, श्रावण २५ २०७८११:३७:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij