काठमाडौं – दाम्लाले बाँधेर युवालाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपाका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । उनलाई आज जाजरकोट प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पञ्चालाको टोलीले वडाध्यक्ष नेपालीलाई घरबाटै नियन्त्रणमा लिएर सदरमुकाम खलंगा झिकाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
वडाध्यक्ष नेपालीले साउन १५ गते स्थानीय युवा सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए ।
वडाध्यक्ष नेपालीलाई कानूनबमोजिम कारबाही गरिने प्रहरी निरीक्षक खुमानन्दले पाण्डेको भनाइ छ ।