काठमाडौं – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आफ्नो संगठनका महासचिव सुवास केसीका पिता रेकमबहादुर केसीको निधन भएकोप्रति दुःख व्यक्त गरेको छ ।
हालै एक शोक पुस्तिकामार्फत श्रद्धाञ्जलि अर्पण गर्दै प्रतिष्ठानले स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शोक सम्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।
पिता केसीको ६६ वर्षको उमेरमा गत शनिबार निधन भएको थियो ।
