Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
पारसकाण्डबारे छोरी कीर्तिका :

‘हेल्मेट छुटेको बिषयलाई प्रहरीले अपमानजनक व्यवहार गर्यो’

‘हेल्मेट छुटेको बिषयलाई प्रहरीले अपमानजनक व्यवहार गर्यो’

  • आइतवार, श्रावण १७ २०७८

  • 858
    SHARES

  • ‘हेल्मेट छुटेको बिषयलाई प्रहरीले अपमानजनक व्यवहार गर्यो’

    काठमाडौं – पूर्वयुवराज पारस शाह शुक्रबार साँझ महाराजगञ्जमा हेल्मेट नलगाइ मोटरसाइकल चलाइरेहका भेटिए । ट्राफिक प्रहरीले उनलाई रोक्न खोज्दा लफडा भयो । मादकपदार्थ सेवन गरेर विनाहेल्मेट मोटरसाइकल चलाइरहेका पारसले उल्टै प्रहरीमाथि दूर्व्यवहार गरेको आरोप छ ।

    यो विषयलाई लिएर अहिले सामाजिक सञ्जालहरुमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । यसैबीच, पारसकी कान्छी छोरी कीर्तिकाले शनिबार साँझ ट्वीट गर्दै यो विषयमा प्रतिक्रिया दिएकी छिन् ।

    उनले भने हेल्मेट छुटेको विष्यलाई लिएर उल्टै प्रहरीले आफ्ना बुवामाथि दुर्व्यहार गरेको बताएकी छिन् ।

    ‘हेल्मेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरी आफ्नो ड्युटी पूरा गर्नुपर्नेमा अपमानजनक व्यवहार गरेको छ’, उनले ट्विटरमा लेखेकी छिन् ।

    Capture.PNG

    खासमा पारस र प्रहरीबीच के भएको थियो ?

    शुक्रबार साँझ पूर्वयुवराज पारस महाराजगञ्जस्थित नारायण गोपाल चोकमा विनाहेल्मेट मोटरसाइकल चलाइरेहका भेटिए । त्यसपछि उनलाई सो क्षेत्रमा खटिएको ट्राफिक प्रहरीले समातेको थियो । त्यसपछि उनले प्रहरीमाथि अभद्र व्यवहार गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशाक सिंहको भनाइ छ ।

    त्यस्तै, पारसले सोक्रममा प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनिरहेको भिडियो पनि सार्वजनिक भएको छ । उनले आफूले कहिल्यै हेल्मेट नलगाइ मोटरसाइकल हाक्ने गरेको बताइरहेको भिडियोमा देख्न सकिन्छ ।

    हुन पनि पूर्वयुवराज पारस अधिकांश ठाउँमा उनले चलाउने गरेको कालो मोटरसाइकलमा हेल्मेटबेगरै देखिने गरेका छन् ।

    Paras-1.jpg

    भिडियोमा एकजना प्रहरीले पारसको हात समातेर कतै लैजान खोजेको देखिन्छ । तर, उनले धकेल्दै र हात तान्दै ‘जान्न’ भनिरहेका छन् ।
    प्रहरीका अनुसार पारसले मादकपदार्थ सेवन गरेर मोटरसाइकल हाँकिरहेका थिए ।

    तर उनले भने आफूले ‘ड्रिङ्स गरेको छैन’ भनिरहेको भिडियोमा देख्न सकिन्छ ।

    वादविवादकै क्रममा प्रहरीले छोडेपछि पारस मोटरसाइकलमा हेल्मेटबेगरै हुइँकिएका थिए ।

    महानगरीय प्रहरी परिसर काठमाडौंकाअनुसार पारसलाई एकपटकका लागि ‘सम्झाएर’ छोडिएको थियो ।


    आइतवार, श्रावण १७ २०७८१२:४४:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij