Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मकवानपुरमा ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु

मकवानपुरमा ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु

  • सोमवार, श्रावण १२ २०७७

  • 472
    SHARES

  • मकवानपुरमा ट्याक्टर दुर्घटनाः दुई जनाको मृत्यु

    मकवानपुरको हेटौंडा–१७ हटियामा आज (सोमबार) दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।  धरान–चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट रड बोकेर पूर्वी क्षेत्रको फापरवारीतर्फ जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको हो ।

    उक्त दुर्घटनामा परि मृत्यु हुनेमा वाग्मती गाउँपालिका–६ कायरका ४५ वर्षीय शंकर लोप्चन र वाग्मती–८ का १७ वर्षीय सुजल नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनमा घाइते भएका १६ वर्षीय मनोज जिम्बाको अवस्था सामान्य रहेको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


    सोमवार, श्रावण १२ २०७७०३:१५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij