काठमाडौँ – सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अर्थशास्त्री डा. विश्व पौडेललाई नियुक्त गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
पौडेलले यसअघि स्वर्णिम वाग्ले उपाध्यक्ष रहँदा आयोगको सदस्य भएर काम गर्नुभएको थियो।
उहाँ अर्थतन्त्रबारे नियमित अखबारी लेखनमा समेत सक्रिय हुनुहुन्छ।