Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

‘भीम रावलले दिएको राजीनामा हाम्रो गठबन्धन भत्काउन गरिएको षडयन्त्र हो’ (भिडियोसहित)

‘भीम रावलले दिएको राजीनामा हाम्रो गठबन्धन भत्काउन गरिएको षडयन्त्र हो’ (भिडियोसहित)

  • शनिवार, श्रावण ९ २०७८

  • 1.3K
    SHARES

  • ‘भीम रावलले दिएको राजीनामा हाम्रो गठबन्धन भत्काउन गरिएको षडयन्त्र हो’ (भिडियोसहित)

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन भत्काउन प्रयास भइरहेको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा आज काठमाडौंको पेरिसडाँडामा आयोजित कार्यक्रममा उहाँले संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन खोजेको भए पनि कहीँ–कतैबाट टुटाउने प्रयास भइरहेको बताउनुभयो ।

    संसद् विघटनको मुद्दामा एकै ठाउँमा भएका एमाले नेता भीम रावलले संसद् पदबाट दिएको राजीनामा पनि गठबन्धन पक्षका नेताबीच फाटो ल्याउन गरिएको षडयन्त्र भएको प्रचण्डको टिप्पणी छ ।

    यस्तै उहाँले सरकारमा गएका कुनै पनि मन्त्रीलाई लापरबाही गर्ने छुट नभएको बताउनुभएको छ । कार्यक्रममा प्रचण्डले सरकारलाई राम्रो काम गर्न चुनौती रहेको भन्दै लापरबाही नगर्न निर्देशन दिनुभएको हो ।

    जनतालाई सरकार भएको अनुभूति गराउनका लागि साना–साना भए पनि हरेकदिन राम्रा काम गर्न मन्त्रीहरुलाई अध्यक्ष प्रचण्डले सुझावसमेत दिनुभएको छ । यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले निरंकुशता लाद्न विभिन्न ठाउँमा सेटिङ मिलाएको त्यसलाई भत्काएर राम्रा काम गर्न चुनौती भएकोले बुद्धिममत्तताका साथ काम गर्नुपर्ने बताउनुभयो ।

     


    शनिवार, श्रावण ९ २०७८१२:४६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij