Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images
जसपा विवाद :

किन गए ठाकुर पक्षका पाँच सांसद यादव क्याम्पमा ?

किन गए ठाकुर पक्षका पाँच सांसद यादव क्याम्पमा ?

  • शनिवार, श्रावण २ २०७८

  • 2.7K
    SHARES

  • किन गए ठाकुर पक्षका पाँच सांसद यादव क्याम्पमा ?

    काठमाडौं – सत्ता परिवर्तन र प्रतिनिधिसभा पुनःस्थापनासँगै जनता समाजवादी पार्टी (जसपा)का सांसदहरुले कित्ता परिवर्तन गर्न थालेका छन् । निर्वाचन आयोगमा आधिकारिकता विवाद चलिरहेका बेला जसपाको महन्थ ठाकुर पक्षका ५ जना सांसद उपेन्द्र यादवतिर खुलेका छन् ।

    ठाकुर पक्षका चार महिलासहित पाँचजना सांसद आज उपेन्द्र यादव पक्षको बैठकमा सहभागी भएका छन् । ठाकुर पक्षका पाँच सांसद अहिले आफ्नो समूहको बैठकमा सहभागी भएको जसपा नेता मोहमद इस्तियाक राईले जानकारी दिनुभएको छ ।

    पार्टीको आधिकारिकता विवाद निर्वाचन आयोगमा चलिरहेका बेला जसपाका दुवै पक्ष विभाजनको लागि तयार भइसकेका छन् ।

    यसअघि ठाकुर पक्षमा रहेका प्रमोद साह, अमृता अग्रहरि, रानी मण्डल, नरमाया ढकाल र रुही नाज आज यादव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका हुन् । जसपाका ३२ जना सांसदमध्ये यसअघि ठाकुर पक्षमा २० जना थिए । पाँच जनाले यादव समूहलाई साथ दिएपछि अब संसदीय दलमा पनि यादव पक्ष १२ बाट १७ पुगेको छ । यो बहुमत संख्या हो ।

    अध्यक्ष ठाकुरले लोकतन्त्रको हत्या गर्न खोजेकाले आफूहरु यादव पक्षमा लागेको सांसद साहले बताउनुभयो । तर, ठाकुर पक्षले भने केही पदलोलुपले कित्ता परिवर्तन गरेको र त्यसले पार्टीलाई कुनै असर नपर्ने जनाएको छ ।

     


    शनिवार, श्रावण २ २०७८०३:०८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij