Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

सिंगै एमालेले देउवालाई विश्वासको मत दिनुपर्छः माधव समूह

सिंगै एमालेले देउवालाई विश्वासको मत दिनुपर्छः माधव समूह

  • बुधवार, आषाढ ३० २०७८

  • 2.8K
    SHARES

  • सिंगै एमालेले देउवालाई विश्वासको मत दिनुपर्छः माधव समूह

    काठमाडौँ – सर्वाेच्चको आदेशसँगै प्रधानमन्त्रीबाट पदमुक्त बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार ढाल्न भूमिका खेलेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई गद्दारको संज्ञा दिनुभएको छ ।

    दलबलसहित बालुवाटारबाट बालकोटस्थित निवास पुगेपछि समर्थकहरुलाई सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको विकासप्रेमी सरकार ढाल्ने माधव नेपाललाई अब एमालेमा स्थान नरहने घोषणा पनि गर्नुभयो ।

    ओलीले वरिष्ठ नेता नेपाललाई लाज शरम पचेको मान्छे भनेर तुच्छ टिप्पणी पनि गर्नुभयो ।

    उहाँले माधव नेपालको पछि लागेकाहरुलाई माफी दिएर पार्टीमा फिर्ता राख्न सकिने तर आफू नेतृत्वको सरकार ढाल्ने माधव नेपाललाई भने कुनै स्थान दिन नसकिने घोषणा गर्नुभयो ।

    गद्दार माधव नेपाललाई एमालेमा स्थान नरहने ओलीको घोषणाले एमाले एकताको वातावरण थप बिग्रेको छ ।

    तर माधव समूहमा रहेका सांसद झपट रावल नेकपा एमालेमा माधव नेपाललाई स्थान छैन भनेर गरिने घोषणाको अर्थ नरहने बताउनुहुन्छ ।

    एमाले स्थापनाका लागि रगत पसिना बगाएकाहरुलाई पार्टीमा छानेर राख्ने र छानेरै निकाल्ने प्रवृत्तिको लडाईँमा नै आफूहरु रहेको उहाँले बताउनुभयो ।

    रावलले अब एमालेलाई एकतावद्ध गर्दै देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने वातावरण बनाउनुपर्ने बताउनुभयो ।

    वरिष्ठ नेता नेपालले अब आफू कांग्रेस माओवादीसहितको गठबन्धनमा नरहने घोषणा गरेका बेला उहाँको समूहमा रहेका सांसद रावलले भने प्रतिनिधिसभा जोगाउन सिंगो एमाले नै विश्वासको मतको पक्षमा उभिनुपर्ने बताउनुभयो ।

    विश्वासको मत र पार्टी एकता सँगसँगै अघि बढ्ने रावलको दाबी छ ।

    एमालेको माधव समूहका केही सांसदहरुले संसदलाई पूरा कार्यकाल जिवित राख्न देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिनुपर्ने र पार्टी पनि एकढिक्का राख्नुपर्ने बताइरहेका बेला अध्यक्ष ओलीको आजको सम्बोधनले त्यो सम्भावना नरहेको प्रष्ट पार्छ ।

    ओलीलाई बालुवाटारबाट बालकोट लैजाँदै गर्दा समर्थकहरुले माधव नेपाललाई फाँसी दिनुपर्ने भन्दै नाराबाजी गरेका छन् भने फर्कने क्रममा कोटेश्वरमा उहाँको पुत्ला जलाएका छन् ।

    बर्खास्त प्रधानमन्त्रीको समर्थनमा यो खालको भिड उत्रको घटना आफूलाई अनौठो लागेको राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले बताउनुभयो ।

    संसद विघटन सम्बन्धी मुद्दामा अदालतको फैसलासँगै पार्टी एकतावद्ध हुने आशा एमालेको दोस्रो पुस्ताले गरेको थियो ।

    तर अदालतको फैसलाले ओलीलाई प्रधानमन्त्रीबाट बर्खास्त गरेपछि एमालेको मिलनबिन्दु भेटिन झनै कठिन देखिन थालेको छ ।

    आफू सत्ताबाट बहिर्गमनमा परेपछि ओली नेता नेपालप्रति झनै क्रुद्ध बनेकोले एकताको सम्भावना टरेको विश्लेषण पनि हुन थालेको छ ।


    बुधवार, आषाढ ३० २०७८०७:५६:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij