Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मेलम्चीका बाढीपीडितलाई प्रतिपरिवार ५० हजार राहत दिने प्रधानमन्त्रीको घोषणा

मेलम्चीका बाढीपीडितलाई प्रतिपरिवार ५० हजार राहत दिने प्रधानमन्त्रीको घोषणा

  • शनिवार, आषाढ २६ २०७८

  • 739
    SHARES

  • मेलम्चीका बाढीपीडितलाई प्रतिपरिवार ५० हजार राहत दिने प्रधानमन्त्रीको घोषणा

    काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची बाढीपीडित प्रतिपरिवार ५० हजार राहत दिने घोषणा गर्नुभएको छ । हेलम्बु गाउँपालिका स्थित गणेश बगरमा आयोजित कार्यक्रममा ओलीले बाढीबाट क्षति पुगेका ३६६ घरपरिवारलाई सरकारले प्रतिपरिवार ५० हजार दिने बताउनुभएको हो ।

    “तत्काल पीडित परिवारलाई ५० हजारको दरले राहत उपलब्ध गराउँछौं । निर्माणका लागि हिमाली भेगमा ५ लाख, पहाडी भेगमा ४ लाख र तराइ भेगामा ३ लाख उपलब्ध गराइरहेका छौं,” उहाँले भन्नुभयो ।

    असार १ गते मेलम्ची खोलमा आएको बाढीको निरीक्षणका क्रममा प्रधानमन्त्री ओली आज बाढीग्रस्त क्षेत्र पुग्नुभएको छ । उहाँले पीडित परिवारलाई १५ सय बण्डल जस्तापाता उपलब्ध गराउने पनि बताउनुभएको छ ।

    प्रधानमन्त्री ओलीले बाढीले भत्काएको पुल, विद्यालय आदि सरकारले बनाउने बताउनुभयो । घाइतेको उपचार सरकारले नै गर्ने उहाँले आश्वासन दिनुभयो । पुनः निर्माणको काममा सरकारको ध्यान गएको उहाँकोे भनाइ छ ।


    शनिवार, आषाढ २६ २०७८०४:०७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij