Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

देशका प्रमुख शहरमा इन्टरनेट बिस्तार गर्दै डिशहोम

देशका प्रमुख शहरमा इन्टरनेट बिस्तार गर्दै डिशहोम

कहाँ–कहाँ गर्दैछ बिस्तार ?
  • बुधवार, आषाढ २३ २०७८

  • 1.3K
    SHARES

  • देशका प्रमुख शहरमा इन्टरनेट बिस्तार गर्दै डिशहोम

    काठमाडौं – डिशहोम फाइबरनेटले छिट्टै नेपालका प्रमुख शहरहरुमा सेवा विस्तार गर्ने भएको छ । छिटो, सस्तो र भरपर्दो इन्टरनेट सेवा दिने उदेश्यले सन् २०२० मा डिशहोम फाइबर नेटको सेवा शुरू भएको थियो ।

    फाइबरनेट जडान गर्दा डिशहोम टिभीको निःशुल्क सदस्यता, छुट, निःशुल्क डिशहोम गो एप र एक्सभीओडी जस्ता विभिन्न सुविधाहरु उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    डिशहोम फाइबरनेटले १० एमबिपिएसदेखि १०० एमबिपिएस गतिसम्मको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, ढल्केबर र विराटनगरमा डिशहोम फाइबरनेटको सेवा पुगिसकेको प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिनुभयो ।

    अब छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि सेवा विस्तार गर्न लागेको डिशहोमले जनाएको छ ।

    डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा संम्पर्क गरी जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।


    बुधवार, आषाढ २३ २०७८०२:११:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij