Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भेरोसेलको पहिलो मात्रा लगाएकालाई आजदेखि दोस्रो खोप लगाइँने

भेरोसेलको पहिलो मात्रा लगाएकालाई आजदेखि दोस्रो खोप लगाइँने

  • मंगलवार, आषाढ २२ २०७८

  • 1.3K
    SHARES

  • भेरोसेलको पहिलो मात्रा लगाएकालाई आजदेखि दोस्रो खोप लगाइँने

    काठमाडौं । कोराना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई आजबाट दोस्रो मात्रा खोप लगाइने भएको छ।

    सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो।

    पहिलो मात्रा लगाएका तीन लाख ७० हजार भन्दा बढी नागरिकलाई दोस्रो मात्रा खोप लगाइने तय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले बताउनुभयो ।

    साथै, अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने उहाँले जानकारी दिनुभयो।

    खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ।

    पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए। खोप अभियान देशभर सञ्चालन हुने छ।


    मंगलवार, आषाढ २२ २०७८०७:५१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij