Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

जुगल गाउँपालिकाको सम्पूर्ण ध्यान बाढी–पहिरो पीडितको पुनरुत्थानमा केन्द्रित

जुगल गाउँपालिकाको सम्पूर्ण ध्यान बाढी–पहिरो पीडितको पुनरुत्थानमा केन्द्रित

  • शनिवार, आषाढ १९ २०७८

  • 1.5K
    SHARES

  • जुगल गाउँपालिकाको सम्पूर्ण ध्यान बाढी–पहिरो पीडितको पुनरुत्थानमा केन्द्रित

    काठमाडौँ । सिन्धुपाल्चोकको जुगल पाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले पालिकाको ध्यान बाढी–पहिरो पीडितहरुको पुरुत्थानमा नै केन्द्रित रहेको बताउनुभएको छ । जुगल गाउँ पालिकाको लिदीमा गत वर्ष पहिरो खस्दा दर्जनौं व्यक्तिको ज्यान गएको थियो भने सयौँ विस्थापित भएका थिए । उनीहरु अहिलेसम्म पनि टेन्टमुनि बस्न बाध्य छन् । अध्यक्ष श्रेष्ठका अनुसार यस वर्ष पनि जुगलका केही वस्ती जोखिममा परेका छन् ।

    उनीहरुका निम्ती आवस पुनःनिर्माणका लागि निजी तथा सरकारी संघसंस्थासँगको समन्वयमा पालिकाले पहल गरिरहेको नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘स्थानीय सरकार’मा अध्यक्ष श्रेष्ठले बताउनुभयो । त्यसका लागि पालिकाले गर्नुपर्ने सबै काम सकिएको भएपनि लाभग्राही पहिचान गरेर सूचीकरण भएपछि मात्र आवास निर्माणका लागि पहिलो किस्ता निकासा हुने बताउनुभयो ।

    साथै अध्यक्ष श्रेष्ठले केही जनप्रतिनिधि भ्रष्ट भए भन्दैमा सबैलाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने बताउनुभयो । ‘केही जनप्रतिनिधि होलान्, तर त्यसैका आधारमा सबैलाई मूल्याङ्कन गरिनु हुन्न’, उहाँले भन्नुभयो, ‘गाउँका एउटाले चो¥यो भने सबै गाउँलेलाई चोर भन्न मिल्दैन ।’

    आर्थिक वर्ष २०७८/७९ को बजेट पनि बाढी–पहिरो पीडितहरुको पुनरुत्थानलगायतका योजनालाई नै प्राथमिकता राखेर ल्याएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

    अध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानी सुन्नुहोस्


    शनिवार, आषाढ १९ २०७८०१:५८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij