Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

  • बिहिवार, आषाढ १७ २०७८

  • 1.2K
    SHARES

  • टिकटकले बन्द गरिदियो बालबालिकाका ७३ लाख एकाउन्ट

    एजेन्सी – १३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ । यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाको भनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो । यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।

    नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन् । यो भिडियो प्लाटर्फम त्यसैले किशोर किशोरीहरुको बीचमा पनि निकै लोकप्रिय रहँदै आएको छ । तर उमेर ढाँटेर बालबालिकाको नाममा खोलिएको त्यस्ता सन्दिग्ध एकाउन्टहरु टिकटकले बन्द गरिदिएको हो ।

    टिकटकले पहिलोपटक आफ्नो सामुदायिक निर्देशिका कार्यान्वयन प्रतिवेदनमा यस्तो तथ्यांक सार्वजनिक गरेको हो । टिकटकको रिपोर्टअनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटक एपको नियम उल्लंघन गरेका ६ करोड १९ लाख ५१ हजार ३२७ वटा भिडियो हटाइएको छ ।

    त्यस्तै यस अवधिमा १९ लाख २१ हजार ९०० वटा विज्ञापनहरु विज्ञापन नीति तथा निर्देशिका उल्लंघन गरेको भन्दै अस्विकार गरेको हो ।

     


    बिहिवार, आषाढ १७ २०७८०३:४२:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij