Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१०९ संक्रमित थपिँदा १०६ जना निको भए

१०९ संक्रमित थपिँदा १०६ जना निको भए

  • शनिवार, श्रावण १० २०७७

  • 681
    SHARES

  • १०९ संक्रमित थपिँदा १०६ जना निको भए

    काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो चौबिस घण्टामा १०९ जना कोरोना संक्रमित थपिएका जनाएको छ । आजसम्म १८ हजार १ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४०७५ जनाको पीसीआर परीक्षण गरिएकोमा १०९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

    उनका अनुसार पछिल्लो चौबिस घण्टामा १०६ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । आजसम्म डिस्चार्ज हुनेहरुको संख्या १३०५३ पुगेको प्रवक्ता डा. देवकोटाले बताए ।

    उनका अनुसार अब नेपालमा सक्रिय संक्रमितको संख्या ५३८५ रहेको छ । मृत्यु हुनेको संख्या भने ४५ रहेको छ ।


    शनिवार, श्रावण १० २०७७०४:३०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij