Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माओवादी छाडेर एमालेमा गएका १४ जनप्रतिनिधिको पद रिक्त

माओवादी छाडेर एमालेमा गएका १४ जनप्रतिनिधिको पद रिक्त

  • शुक्रवार, आषाढ ११ २०७८

  • 893
    SHARES

  • माओवादी छाडेर एमालेमा गएका १४ जनप्रतिनिधिको पद रिक्त

    काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त भएको छ । निर्वाचन आयोगले माओवादीको जानकारीअनुसार आज सूचना निकालेर १४ जनप्रतिनिधिको पद रिक्त भएको बताएको छ।

    पद रिक्त भएकाहरुमा रौतहटका ७ जनप्रतिनिधि छन् । कैलालीका ४ जना तथा सिरहा, ओखलढुंगा र महोत्तरीका एक–एक जना छन् ।

    उनीहरूले दल त्याग गरेको सूचना माओवादीले पठाएकोले स्वत: पद रिक्त भएको आयोगले बताएको छ। आयोगको असार ९ मा बसेको बैठकको निर्णयअनुसार उनीहरूको पद रिक्त भएको हो।

    त्यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

    हेर्नुस् क-कसको पद गयो ?

    maobadi pad rikta.jpg


    शुक्रवार, आषाढ ११ २०७८०७:१८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij