Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

राजसंस्था फर्किने बहस फेरि चर्चामा, प्रचण्डले नै भने, 'राष्ट्रपतिभन्दा त राजा नै ठीक'

राजसंस्था फर्किने बहस फेरि चर्चामा, प्रचण्डले नै भने, 'राष्ट्रपतिभन्दा त राजा नै ठीक'

  • बिहिवार, आषाढ १० २०७८

  • 1.5K
    SHARES

  • राजसंस्था फर्किने बहस फेरि चर्चामा, प्रचण्डले नै भने, 'राष्ट्रपतिभन्दा त राजा नै ठीक'

    काठमाडौँ – पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको राष्ट्रपति संस्था भन्दा त राजा नै ठीक रहेको अभिव्यक्ति दिनुभएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीका कारण राष्ट्रपति संस्थाको नै बदनाम भएको प्रचण्डको आरोप छ ।

    आज (बिहीबार) काठमाडौँमा सम्पादकहरुसँगको अन्तरक्रियाका क्रममा प्रचण्डले राष्ट्रपति भण्डारीले इज्जत, मान र प्रतिष्ठा गुमाएको उल्लेख गर्दै अहिलेको राष्ट्रपति संस्थाभन्दा राजा नै ठीक रहेको उल्लेख गर्नुभएको हो ।

    ‘कमसेकम राजाको सान त थियो’ प्रचण्डले भन्नुभयो । उहाँले राष्ट्रपति संस्था लगायत राज्यका निकायहरु इतिहासकै सबैभन्दा कमजोर बनेको दाबी पनि गर्नुभयो ।

    गणतन्त्र स्थापना नहुन्जेल राजतन्त्र एक दिन पनि स्वीकार नगर्ने भन्दै गर्जेर भाषण गर्ने प्रचण्डले आफ्नै अगुवाइमा स्थापना भएको राष्ट्रपति संस्था भन्दा उहिलेका राजा नै ठीक रहेको अभिव्यक्ति दिएपछि यसबारे विभिन्न कोणबाट प्रतिक्रियाहरु उब्जिरहेका छन् ।

    सामाजिक सञ्जालमा ‘राजा नै ठीक रहेको’ प्रचण्ड अभिव्यक्ति चर्चाको विषय’ बनिरहेको छ । राजनीतिक दलका नेताहरुले भने प्रचण्डको अभिव्यक्ति गलत रहेको बताएका छन् ।

    एउटा व्यक्तिको गल्तीका कारण व्यवस्थामाथि नै प्रहार गर्न नमिल्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभयो । प्रचण्डको अभिव्यक्तिलाई उहाँले इतिहासको उल्टोधारको रुपमा व्याख्या गर्नुभयो ।

    यता राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पनि ‘राजा नै ठीक रहेको’ भन्दै प्रचण्डद्वारा अभिव्यक्त विचार सामान्य विषय नरहेको बताउनुभयो ।

    प्रचण्डका जनयुद्ध शारथी डा. बाबुराम भट्टराईले राजसंस्था पुनःस्थापित गर्ने षडयन्त्र भैरहेको सूचना व्यक्त गरिरहेको दाबी गर्दै डा. केसीले यही प्ररिप्रेक्षमा प्रचण्डले राजसंस्थाको पक्षमा अभिव्यक्ति दिनु संयोग मात्रै मान्न नसकिने बताउनुभयो ।

    राजनीतिक परिस्थिति पल्टिन सक्ने अर्काे एक पूर्वसंकेतका रुपमा प्रचण्डको अभिव्यक्तिलाई पनि लिन सकिने उहाँले बताउनुभयो ।

    केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुलुकको वर्तमान व्यवस्थामाथि प्रहार गर्न गम्भीर षडयन्त्र भैरहेको सूचना मध्यरातमा आफूले पाएको र त्यसबारे बालुवाटारमै पुगेर प्रधानमन्त्री केपी ओलीलाई जानकारी गराएको सार्वजनिक गर्नुभएको थियो ।

    बाबुरामको यो सूचनालाई राजसंस्था फर्काेउने योजना तयार भैरहेको रुपमा कतिपयले व्याख्या गरिरहेका छन् । यहीबेला प्रचण्डले राष्ट्रपति संस्थाका विरुद्ध जाँदै राजा नै ठीक रहेको अभिव्यक्ति दिनु रहस्यमय विषय बनको छ ।


    बिहिवार, आषाढ १० २०७८०७:३१:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij