Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • बिहिवार, आषाढ १० २०७८

  • 871
    SHARES

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको हो ।

    पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य प्रति लिटर २ रुपैयाँ बढाइएको निगमले जनाएको छ ।

    मूल्य वृद्धि प्रश्चात पेट्रोलको मूल्य प्रतिलिट १ सय २७ र डिजेलको मूल्य १ सय १० रुपैयाँ पुगेको छ । त्यस्तै हवाइ इन्धनको मूल्य ८२ रुपैयाँ कायम गरिएको छ ।

    अझै पनि नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ७५, डिजेलमा ३ रुपैयाँ ५३ पैसा र एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय ५८ रुपैयाँ ७१ पैसा घाटा रहेको दावी गरेको छ ।


    बिहिवार, आषाढ १० २०७८०७:४०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij