काठमाडौँँ । महाधिवेशनको तयारकिा लागि भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका प्रदेशका नेताहरूसँग छलफल तीव्र पारेका पार्नु भएको छ । यसअघि विभिन्न प्रदेशका नेता तथा केन्द्रीय सदस्यसँग भेटघाट गरेका देउवाले आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आफू निकट केन्द्रीय सदस्यसँग भेटघाट गर्दै हुनुहुन्छ ।
केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने क्रममा सभापति देउवाले तीनै प्रदेशका नेताहरुलाई अहिले केहिबेर पछि बोलाएको कांग्रेस केन्द्रिय सदस्य मान बहादुर बिश्वकर्माले नेपाली रेडियो नेटवर्कलाई जानकारी दिनु भएको छ ।
१४औं महाधिवेशनमा सभापतिमा दोहोरिन खोजेका देउवाले आफूपक्षीय नेताहरूसँग छलफल तीब्र पारेका पार्नु भएको छ। सातै प्रदेशका केन्द्रीय नेताहरूलाई बोलाउने क्रममा उहाले यसअघि अन्य प्रदेशका नेताहरुसँग भेटघाट गरिसक्नु भएको छ। देउवाले शनिबारदेखि आफूपक्षीय केन्द्री सदस्यहरूसँग छलफल थाल्नु भएको हो ।
शनिबार प्रदेश १ र २ को नेताहरुसँग छलफल गरेका देउवाले सभापतिमा उठ्ने तयारीमा स्वरुप भन्दै हिजो बिहान बागमती प्रदेशका र दिउँसो गण्डकी प्रदेशका नेताहरूसँग छलफल गर्नु भएको थियो ।
आफू पक्षीय नेताहरूलाई देउवाले महाधिवेशनमा सहयोग गर्न आग्रह गर्नु भएको छ । साथै, आफ्नो प्रदेशबाट संस्थापन समूहका महाधिवेशन प्रतिनिधि अधिकतम् निर्वाचित गराउन देउवाले निर्देशन दिनु भएको छ ।