Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मनाङ्गेमाथि गुरुङको कटाक्ष, ‘सबै डाकु वाल्मिकी नहुँदा रहेछन्’

मनाङ्गेमाथि गुरुङको कटाक्ष, ‘सबै डाकु वाल्मिकी नहुँदा रहेछन्’

  • आइतवार, जेठ ३० २०७८

  • 1.1K
    SHARES

  • मनाङ्गेमाथि गुरुङको कटाक्ष, ‘सबै डाकु वाल्मिकी नहुँदा रहेछन्’

    काठमाडौं – आफैंले सहयोग गरेर राजनीतिमा ल्याएको दीपक मनाङ्गे (राजीव गुरुङ)ले आफूलाई धोका दिएको गण्डकीका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।

    आज आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै गण्डकीका एमाले संसदीय दलका नेतासमेत रहेका गुरुङ मनाङेले आफूलाई ‘धोका’ दिएको बताएका हुन् ।

    मनाङ्गेलाई आफूले चुनाव जिताएको, प्रदेशसभा सदस्यको सपथ दिलाउन भूमिका खेलेको दाबी गर्दै गुरुङले भन्नुभयो, ‘सबै छोड्छु, राजनीति र समाजसेवा गर्छु, सुध्रिन्छु भनेपछि मैले नै सघाएको हो । तर, सबै डाकुहरु वाल्मिकी नहुँदा रहेछन् ।’

    मनाङ्गेलाई यसअघि ग्ुन्डा नाइके भनेर चिनिने गरिएको थियो । उनीमाथि सार्वजनिक अपराधका विभिन्न मुद्दा लोका थिए । यसैबीच, उनी राजनीतिमा लाग्दै मन्त्रीसमेत भइसकेका छन् ।

    निवर्तमान मुख्यमन्त्री गुरुङले नै मनाङ्गेलाई १६ वैशाखमा युवा तथा खेलकुदमन्त्री पनि बनाएका थिए । आफूलाई योभन्दा ठूलो धोका अरु नहुने उनको भनाइ छ ।

    मनाङ्गे कित्ता परिवर्तन गर्दै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)सहितको विपक्षी गठबन्धनतिर लागेपछि वैकल्पिक सरकार बनेको छ ।
    कांग्रेसका कृष्णचन्द्र नेपाली (पोखरेल) नयाँ मुख्यमन्त्री बनेका छन् ।

     


    आइतवार, जेठ ३० २०७८०१:२५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij