Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद्लाई पूर्णताः यी हुन् नवनियुक्त ८ मन्त्री

मन्त्रिपरिषद्लाई पूर्णताः यी हुन् नवनियुक्त ८ मन्त्री

  • बिहिवार, जेठ २७ २०७८

  • 1.4K
    SHARES

  • मन्त्रिपरिषद्लाई पूर्णताः यी हुन् नवनियुक्त ८ मन्त्री

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नु भएको छ । प्रधानमन्त्रीले आज मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै लाई राख्नु भएको छ ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    ओलीले आज १ राज्यमन्त्री र ७ मन्त्रीसहित ८ जना थपेसँगै मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय पुरा भएको छ। एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले अठारौं पटक मन्त्रिपरिषद बिस्तार गर्नु भएको हो ।

    गृहमन्त्रीमा एमालेका खगराज अधिकारी, सञ्चार मन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशाकुमारी विकलाई ओलीले आज मन्त्री बनाउनु भएको हो ।

    नवनियुक्त ८ जना मन्त्रीहरुको शपथ अहिले केहिबेर पछि शीतलनिवासमा तय भएको छ।

    mantri parisdha.jpg


    बिहिवार, जेठ २७ २०७८०३:४८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij