Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

डिडिएस ग्रुपले दियो पत्रकारलाई मास्क र फेसशिल्ड

डिडिएस ग्रुपले दियो पत्रकारलाई मास्क र फेसशिल्ड

  • मंगलवार, जेठ २५ २०७८

  • 734
    SHARES

  • डिडिएस ग्रुपले दियो पत्रकारलाई मास्क र फेसशिल्ड

    काठमाडौं – डिडिएस ग्रुपले नेपाल पत्रकार महासंघलाई पाँच सय थान सर्जिकल मास्क र एक सय थान फेससिल्ड प्रदान गरेको छ ।

    कोरोना भाइरस महामारीका बीचमा जनतालाई सुसूचित गराउन भूमिका खेलेका पत्रकारहरुका लागि दैनिक रिर्पोटिङमा सहज होस भनेर सहयोग स्वरुप ती स्वास्थ्य सामग्री प्रदान गरिएको सो ग्रुपका संयोजक तेबेन्द्ररत्न शाक्यले बताउनुभयो ।

    पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष श्रीजन झा र पत्रकार महासंघ काठमाडौं शाखाका सचिव महेश्वर गौतमलाई शाक्यले ती सामग्री संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको छ ।

    सो ग्रुपमा दिनेश, प्रधुम्न र सविन गरी तीन व्यक्ति आबद्ध छन् भने शाक्य सो ग्रुपका संयोजक हुन् । उनी कांग्रेस काठमाडौं क्षेत्र नं ८ का नेतासमेत हुन् ।

    स्वास्थ्य सामग्री बुझ्दै महासंका उपत्यका प्रदेश अध्यक्ष झाले डिपिएस ग्रुपका संयोजक शाक्यप्रति आभार व्यक्त गर्दै प्राप्त सामग्री प्रदेश समिति मातहतका शाखालाइ प्रदान गरिने बताउनुभयो ।

    महासंघ काठमाडौंका सचिव गौतमले महामारीमा प्राप्त स्वास्थ्य सामग्रीले पत्रकारहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने बताउनुभयो ।

     


    मंगलवार, जेठ २५ २०७८०३:४८:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij