काठमाडौँ । सत्तारुढ दल नेकपा एमाले भित्रको विवादका कारण अहिले मुलुक नै त्यसमा केन्द्रीत भएको छ । दिन प्रतिदिन सयौँ मानिसको जीवन अन्त्य गरिरहेको कोरोनाभाइरसको महामारी फैलिइरहेका बेला महामारीले भन्दा बढी एमाले विवादले धेरैको ध्यान खिचेको छ ।
नेताहरुले एक अर्काप्रति अनेक आरोप प्रत्यारोप गरिरहेका बेला एमाले विवाद मिलाउन जनस्तरबाट पनि सुझाव सहितको प्रस्ताव आएको छ । सामाजिक सेवामा लामो समयदेखि सक्रिय युवा सामाजिक अभियान्ता कविन्द्र बुर्लाकोटीले एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव कुमार नेपालका बीच निम्नानुसारको १३ बुँदे सम्झौता हुनुपर्ने प्रस्ताव राख्नु भएको छ ।
सो प्रस्तावलाई यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।