काठमाडौं - विभिन्न आठ पार्टीका विद्यार्थी संगठनले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति संविधानविपरीत तथा देशको राष्ट्रियता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकततविरोधी भन्दै भर्त्सना गरेका छन् । आज बसेको जुम बैठकपछि उनीहरुले महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्टीकरण दिनुपर्ने माग पनि राखेका छन् ।
माग राख्नेमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ, माधवकुमार नेपालनिकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल, अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल (पाँचौँ)का अध्यक्ष घनश्याम मिश्र, अखिल (छैटौँ)का अध्यक्ष विमल पोखरेल छन् ।
उनीहरुले आज एक वक्तव्य जारी गर्दै उपप्रधानमन्त्री महतोको अभिव्यक्तिले व्यक्तिगत धारणा मात्रै नभएर प्रधानमन्त्री ओली र वर्तमान् सरकारको निरंकुश, स्वेच्छाचारी र विदेशमुखी प्रवृत्तिको उजागर गर्ने ठहरसमेत गरेका छन् ।