काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले नेपालमा कोरोना भाइरसको कुनै पनि प्रजातिको नयाँ भेरियन्ट भेटिएकोबारे आफूहरुलाई जानकारी नभएको बताएको छ । डब्लुएचओको नेपालस्थित कार्यालयले आज सामाजिक सञ्जालमार्फत यस्तो बताएको हो ।
‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्वस्वास्थ्य संगठन अवगत छैन’, डब्लुइचओ नेपालले ट्विटरमा लेखेको छ, ‘नेपालमा रहेका भेरियन्टहरु अल्फा, डेल्टा र कप्पा हुन् । यी तीनमध्ये हाल नेपालमा सक्रिय डेल्टा हो ।’
बेलायती सञ्चारमाध्यम डेलीमेलले नेपालमा नयाँ भेरियन्ट भेटिएको दाबी गर्दै आजै मात्र समाचार तयार पारेको थियो । तर डब्ल्युएचओले त्यसको खण्डन गरेको छ ।
