Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

एकतावद्ध एमालेका लागि दोस्रो पुस्ता सक्रिय, विश्लेषक भन्छन्, ‘सम्भव देखिँदैन’

एकतावद्ध एमालेका लागि दोस्रो पुस्ता सक्रिय, विश्लेषक भन्छन्, ‘सम्भव देखिँदैन’

  • मंगलवार, जेठ १८ २०७८

  • 1.3K
    SHARES

  • एकतावद्ध एमालेका लागि दोस्रो पुस्ता सक्रिय, विश्लेषक भन्छन्, ‘सम्भव देखिँदैन’

    काठमाडौँ – वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ सांसदलाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएका बेला नेकपा एमालेलाई एकतावद्ध बनाउने प्रयासले फेरि तीव्रता पाएको छ ।

    दुवै पक्षका दोस्रो तहका नेताहरु विवाद हल गरेर पार्टीलाई एकतावद्ध बनाउने प्रयासमा जुटेका छन् । एमालेको ओली समूह र नेपाल समूहमा रहेका दोस्रो तहका नेताहरुबीच गएराति चार घण्टा लामो छलफल भएको छ ।

    वार्तामा नेपाल पक्षका तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराई सहभागी थिए भने ओली समूहका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सहभागी थिए ।

    विवाद समाधानमा यो वार्ताले सकारात्मक निकास दिएको विषय बाहिर नआए पनि एकतावद्ध रहने सम्भावनाको ढोकालाई भने खुला राख्न मद्दत गरेको बुझिएको छ । आज बसेको एमाले स्थायी कमिटि बैठकले स्पष्टीकरण सोधिएका माधव पक्षका थप १२ जना सांसदहरुलाई कारबाही नगर्नुलाई गए राति भएको वार्ताको नतिजाका रुपमा हेरिएको छ ।

    बैठकका निर्णय सार्वजनिक गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले एकताको प्रयासलाई जारी राखिने बताउनुभयो । उहाँले बढि भन्दा बढि साथिहरुलाई मुलधारमा समेटिने बताउनुभयो । माधव समूहकै केही नेताहरु एकतावद्ध एमालेका पक्षमा नदेखिए पनि आफूहरु एकताका लागि प्रयासरत रहने उहाँले बताउनुभयो ।

    यता माधव समूहमा रहेका नेताहरुले पनि एकतावद्ध एमालेकै पक्षमा आफूहरु रहेको बताएका छन् । सांगठनिक रुपले तलदेखि माथिसम्मै दुइटा चिरा परिसकेको भए पनि आफूहरु एकतावद्ध एमालेकै पक्षमा रहेको नेता भीम आचार्यले बताउनभुयो ।

    राजनीतिक र कानुनी रुपमा पार्टी फेरि पनि एउँटै धाँगोमा रहेकोले उक्त धाँगोलाई बलियो बनाउने काममा आफूहरु सक्रिय रहने उहाँले बताउनुभयो ।

    माथिदेखि तलसम्मै प्रष्ट रुपमा विभाजन भैसकेको नेकपा एमालेलाई फेरि एकतावद्ध बनाउने प्रयासले सार्थकता पाउने कुरामा भने विश्वस्त रहने आधार कमजोर देखिन्छ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले तत्काल एमाले एकता संभव नदेखिएको बताउनुभयो ।

    तर विभाजन भएर गए राजनीतिक भविष्य संकटमा पर्ने दुवै समूहले बुझेका कारण एकतावद्ध हुनुको विकल्प पनि उनीहरुसँग नरहेको केसी बताउनुहुन्छ । राजनीतिक भविष्य सुरक्षित राख्नकै लागि एमालेको दोस्रो पुस्ता एकताका लागि प्रयासरत रहेको उहाँले बताउनुभयो ।

    यसैबीच एमाले ओली पक्षीय विभिन्न १६ वटा भातृ संगठनहरुले ओली सरकारको कामकारवाहीको प्रशंसा गर्दै एमाले नतोड्न नेताहरुलाई आग्रह गरेका छन् ।

    उनीहरुले आव एक संयुक्त विज्ञप्ति जारी गर्दै जनताको आशा र भरोसाको नेकपा एमाले तोड्ने र कमजोर पारेर विखण्डनको दलदलमा फसाउन चाहने कुनै पनि प्रकारका नकारात्मक गतिविधिहरुका विरुद्धमा सशक्त ढंंगले लाग्न कार्यकर्तालाई आह्वान गरेका छन् ।


    मंगलवार, जेठ १८ २०७८०७:३१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij