Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

इजलास विवादबारे प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्षबीच छलफल हुँदै

इजलास विवादबारे प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्षबीच छलफल हुँदै

  • मंगलवार, जेठ १८ २०७८

  • 933
    SHARES

  • इजलास विवादबारे प्रधानन्यायाधीश र सर्वोच्च बारका अध्यक्षबीच छलफल हुँदै

    काठमाडौं - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च बारबीच छलफल भइरहेको छ । इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका लागि प्रधान्याधीश जबरा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल भइरहेको हो ।

    संवैधानिक इजलासमा न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीलाई राख्न नहुने अधिवक्ताहरुले अडान लिएपछि यसबारे इजलासमा चर्को विवाद छ । यद्यपी आज इजलास गठन गर्दा जबराले यी यी अधिवक्तालाई निरन्तरता दिनुभएको छ ।

    प्रतिनिधिसभा विघटनको मुद्दामा स्वार्थ बाझिएको भनेर कानुन व्यवसायीहरुले दुई न्यायाधीशलाई इजलासबाट पछाडि हट्न दबाव दिएका थिए । त्यसबारे निर्णय गर्नका लागि सोमबार पेशी नै स्थगित गरिएको थियो ।


    मंगलवार, जेठ १८ २०७८११:४८:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij