Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जसपाको ठाकुर समूह ओली सरकारमा जाने निश्चित, कति मन्त्रालय पाउँदैछ जसपाले ?

जसपाको ठाकुर समूह ओली सरकारमा जाने निश्चित, कति मन्त्रालय पाउँदैछ जसपाले ?

  • सोमवार, जेठ १७ २०७८

  • 1.1K
    SHARES

  • जसपाको ठाकुर समूह ओली सरकारमा जाने निश्चित, कति मन्त्रालय पाउँदैछ जसपाले ?

    काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा सरकारमा सहभागी हुने विषय टुंगिएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

    अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला प्रधानमन्त्री ओलीलाई भेट्न बिहान १० बजे बालुवाटार पुगेका थिए । नेता कर्णका अनुसार २ बजेसम्म चलेको बैठकमा सरकारमा सहभागिता र मुद्दा टुंग्याउने विषयमा छलफल भएको थियो ।

    आठ मन्त्री र दुई राज्यमन्त्री बनाउने ओली र जसपाको ठाकुर समूहबीच सहमति भएको छ ।

    विवादका कारण नेताहरू क–कसलाई सरकारमा पठाउने भन्ने विषय नटुंगिएको एक नेताले बताए ।
    मन्त्रीका आकांक्षी धेरै हुँदा निर्णय लिन ढिलाइ भएको जसपा स्रोतले जनाएको छ ।

    सरकारलाई हेर्ने विषयमा दुई धार हुँदा जसपा विभाजनको संघारमा छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली सरकारको विस्थापनाको पक्षमा छन् भने महन्थ पक्षले सरकारलाई सघाइरहेको छ ।

    यसैबीच आइतबार मात्र यादव पक्षले अध्यक्ष ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

     


    सोमवार, जेठ १७ २०७८०४:०३:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij