Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अध्यक्ष ठाकुरसहित जसपाका नेता बालुवाटारमा, प्रधानमन्त्रीसँग के विषयमा छलफल हुँदैछ ?

अध्यक्ष ठाकुरसहित जसपाका नेता बालुवाटारमा, प्रधानमन्त्रीसँग के विषयमा छलफल हुँदैछ ?

  • सोमवार, जेठ १७ २०७८

  • 1.1K
    SHARES

  • अध्यक्ष ठाकुरसहित जसपाका नेता बालुवाटारमा, प्रधानमन्त्रीसँग के विषयमा छलफल हुँदैछ ?

    काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरसहितका नेता प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।

    जसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललगायतका नेता प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलमा रहेका छन् ।

    नयाँ सत्ता गठबन्धनका लागि ठाकुरसहितका नेता प्रधानमन्त्री ओलीसँग छलफलमा जुटेको बालुवाटारनिकट स्रोतले जनाएको छ ।

    जसपाको महन्थ पक्षलाई ८ मन्त्रालय दिने गरी सरकारमा सहभागी गराउने तयारीमा प्रधानमन्त्री ओली रहेको बताइएको छ ।
    जसपाबाट मन्त्रिमण्डलमा को को जाने भन्नेबारे छलफल चलिरहेको छ । तर मन्त्रीका आकांक्षी धेरै हुँदा निर्णय लिन ढिलाइ भएको जसपा स्रोतले जनाएको छ ।

    सरकारलाई हेर्ने विषयमा दुई धार हुँदा जसपा विभाजनको संघारमा छ । जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओली सरकारको विस्थापनाको पक्षमा छन् भने महन्थ पक्षले सरकारलाई सघाइरहेको छ ।

    यसैबीच आइतबार मात्र यादव पक्षले अध्यक्ष ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

     


    सोमवार, जेठ १७ २०७८११:५७:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij