काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले आज तीनवटा अध्यादेश जारी गर्नुभएको छ । ती आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश छन् ।
नेपालको संविधानको धारा १४४ अनुसार मन्त्रिपरिषद्को सिफारिसका यी तीन अध्यादेश जारी गरिएको आज एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसअघि आजै मात्र मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७८-७९ को वार्षिक बजेट अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
आज बसेको मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलले पेस गरेको बजेटलाई स्वीकृत गरी ३ वटा अध्यादेश राष्ट्रपतिकहाँ पठाइएको थियो ।
राष्ट्रपतिबाट अध्यादेश जारी भइसकेकाले अब केहीबेरपछि बजेट प्रस्तुत हुने कार्यक्रम छ ।
अर्थमन्त्री पौडेलले २०७८-७९ को बजेट प्रस्तुत गर्दै हुनुहुन्छ ।
