Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

आज बजेट सार्वजनिक हुँदै

आज बजेट सार्वजनिक हुँदै

  • शनिवार, जेठ १५ २०७८

  • 1.1K
    SHARES

  • आज बजेट सार्वजनिक हुँदै

    काठमाडौं । सरकारले आज (शनिबार) आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक अनुमानित आय–व्यय विवरण (बजेट) सार्वजनिक गर्दैछ । कोरोना सङ्क्रमण नियन्त्रण र आर्थिक पुनरुत्थानमा केन्द्रित रहेर सरकारले बजेट ल्याउन लागेको हो ।

    संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मै बजेट सार्वजनिक गर्नुपर्ने भएकाले सोहीअनुसार शनिबार सार्वजनिक हुन लागेको हो ।

    प्रतिनिधि सभा भङ्ग रहेको अहिलेको अवस्थामा अध्यादेशमार्फत बजेट ल्याइँदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थमन्त्रालयका अधिकारीले जानकारी दिएका छन् ।

    कोरोना सङ्क्रमणको दोस्रो लहरबाट आक्रान्त भएको अहिलेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखी अर्थ मन्त्रालयले बजेट तयार गरेको जनाएको छ ।

    सरकारले अध्यादेशमार्फत ल्याउन लागेको बजेटको आकार १६ खर्ब आसपासको हुनेछ ।


    शनिवार, जेठ १५ २०७८०६:२६:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij