Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसद् विघटनविरुद्ध परेका रिटमाथि आजको बहस सकियो

संसद् विघटनविरुद्ध परेका रिटमाथि आजको बहस सकियो

  • शुक्रवार, जेठ १४ २०७८

  • 1.1K
    SHARES

  • संसद् विघटनविरुद्ध परेका रिटमाथि आजको बहस सकियो

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते गरेको प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि बहस आजका लागि सकिएको छ । आज एक दर्जनभन्दा बढी अधिवक्ताले बहस गरेका छन् ।
    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाँकी बहस आइतबारको इजलासमा हुने जानकारी दिनुभएको छ ।

    विघटनसम्बन्धि मुद्दाको सुनुवाइ गर्न शुक्रबार गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीशको नेतृत्वमा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सहभागी थिए ।

    आज पहिलो दिन प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा निवेदकमध्येका एक अधिवक्ता सन्तोष भण्डारीले बहस गर्नुभएको थियो ।

    सामान्य अवस्थामा बुधवार र शुक्रवार संवैधानिक इजलास बस्ने गरेकोमा विगतमा प्रतिनिधिसभा विघटनको सुनुवाइका क्रममा लगातार बसेको थियो ।

    प्रतिनिधिसभा विघटनविरुद्ध परेका १९ वटा रिटको सुनुवाइ गर्न बिहीबार सर्वोच्चमा बहस सुरु भएको थियो । इजलासमा प्रधानन्यायाधीश जबराले निवेदन अध्ययन गरिसकेपछि बहस सुरु भएको थियो ।

    बिहीबार अधिवक्ता दिनेश त्रिपाठीले पुरानो फैसलाको पूर्णपाठ नआउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर अदालतको अपहेलना गरेको जिकिर गर्नुभएको थियो । अदालतको अवहेलनाको आरोपमा प्रधानमन्त्रीमाथि पुर्जी काटिनुपर्नेसमेत उहाँको माग थियो ।


    शुक्रवार, जेठ १४ २०७८०३:१५:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij