Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संसद् विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धन आज सर्वोच्च नजाने, अब कहिले छ जाने कार्यक्रम ?

संसद् विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धन आज सर्वोच्च नजाने, अब कहिले छ जाने कार्यक्रम ?

  • आइतवार, जेठ ९ २०७८

  • 1.9K
    SHARES

  • संसद् विघटनविरुद्ध रिट हाल्न विपक्षी गठबन्धन आज सर्वोच्च नजाने, अब कहिले छ जाने कार्यक्रम ?

    काठमाडौं – विपक्षी गठबन्धन संसद् विघटनविरुद्ध सोमबार मात्रै सर्वोच्च अदालत जाने भएको छ । सांसदहरुको हस्ताक्षर संकलन कार्य जारी रहेकाले संसद् पुनःस्थापनाको मागसहित रिट हाल्न सर्वोच्च जाने निर्णय एकदिनलाई पछि सारिएको स्रोतले जनाएको छ ।
    केही सांसद उपत्यका बाहिर भएकाले र कोही बिरामी पनि रहेकोले आजको कार्यक्रम स्थगित भएको बताइएको छ ।

    नेकपा (एमाले)का तर्फबाट हालसम्म २० जना सांसदले रिटका लागि हस्ताक्षर गरिसकेको स्रोतको दाबी छ ।

    यसैबीच, संसद् विघटनविरुद्धको रिटका लागि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)ले पनि आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेको छ ।

    नेपाल समूहसँगै यी दलका सबै सांसदको हस्ताक्षरसहित नेताहरु सोमबार बिहान १० बजे अदालत जाने बताइएको छ ।
    गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेर निर्वाचनमा जाने घोषणा गर्नुभएको थियो ।
    प्रमुख प्रतिपक्षी दलहरु लगायत एमालेकै नेपाल समूहले यस कदमलाई असंवैधानिक भन्दै आएका छन् ।

     


    आइतवार, जेठ ९ २०७८०३:५८:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij