Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कार्तिक २६ र मंसिर ३ गते निर्वाचन

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कार्तिक २६ र मंसिर ३ गते निर्वाचन

  • शनिवार, जेठ ८ २०७८

  • 777
    SHARES

  • राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, कार्तिक २६ र मंसिर ३ गते निर्वाचन

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९७० बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा शनिबार बिहान राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दै अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन २०७८ साल कार्तिक २६ गते शुक्रबार र दोस्रो चरणको निर्वाचन मङ्सीर ३ गते शुक्रबार सम्पन्न गर्नेगरी निर्वाचनको मिति तोक्नुभएको छ ।

    यसअघि, प्रधानमन्त्री ओलीले ५ पुस २०७७ मा पहिलो पटक प्रतिनिधिसभा विघटन गर्दै १७ र २७ वैशाखका लागि निर्वाचन मिति घोषणाको राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।

    मन्त्रिपरिषद्को निर्णयलाई राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी थिइन् । तर, सर्वोच्च अदालतले सरकारको कदम असंवैधानिक ठहर गर्दै संसद् ब्युँत्याइदिएको थियो ।

     
     


    शनिवार, जेठ ८ २०७८०६:२९:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij