Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन

कोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन

  • सोमवार, जेठ ३ २०७८

  • 1.6K
    SHARES

  • कोरोना संक्रमणबाट वरिष्ठ साहित्यकार राजेन्द्र सुवेदीको निधन

    काठमाडौं । वरिष्ठ साहित्यकार प्रा राजेन्द्र सुवेदीको कोरोना सङ्क्रमणका कारण ७६ वर्षका उमेरमा आज (सोमबार) बिहान निधन भएको छ ।

    उहाँको केहीदिन यता शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो भने सोअघि ह्याम्स अस्पतालमा उपचार गरिएको थियो ।

    विसं. २००२ साउन १९ गते पाँचथरमा जन्मनुभएका सुवेदीका कविता, निबन्ध, प्रबन्ध समालोचना आदि गरी तीन दर्जन पुस्तक प्रकाशित छन् । त्रिभुवन विश्वविद्यिालयमा नेपाली विषयमा ३७ वर्ष प्राध्यापक गरेका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्वप्रमुख, गोरखापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक हुनुहुन्थ्यो ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सुवेदीको निधनले साहित्यका क्षेत्रले ऊर्जाशील व्यक्तित्व गुमाएको र अपुरणीय क्षति भएको बताउनुभयो ।


    सोमवार, जेठ ३ २०७८१०:४६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij