Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप चारसहित ५६ जिल्लामा निषेधाज्ञा, अब २१ जिल्ला मात्र बाँकी

थप चारसहित ५६ जिल्लामा निषेधाज्ञा, अब २१ जिल्ला मात्र बाँकी

  • बिहिवार, बैशाख २३ २०७८

  • 810
    SHARES

  • थप चारसहित ५६ जिल्लामा निषेधाज्ञा, अब २१ जिल्ला मात्र बाँकी

    काठमाण्डौ । कोरोना संक्रमण बढ्दै गएपछि रोकथामका लागि एकपछि अर्को गर्दै निषेधाज्ञा गर्ने जिल्लाको संख्या ५६ पुगेको छ।

    देशका जम्मा ७७ जिल्लामध्ये अब निषेधाज्ञा जारी गर्न २१ जिल्ला मात्र बाँकी छन्।

    गृह मन्त्रालयको बुधबार साँझ सम्मको विवरणअनुसार निषेधाज्ञा घोषित जिल्लाको संख्या ५६ पुगिसकेको छ।

    आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएको छ । बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

    बारा र सिरहामा बिहान ६ बजेदेखि सुरु भएको निषेधाज्ञा आदेश अर्को सूचना जारी नभएसम्म रहने छ । बाग्लुङको ढोरपाटन र गलकोट नगरपालिका तथा बडिगाड र निसीखोला गाउँपालिकामा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको छ । बाग्लुङकै तमानखोला र बरेड गाउँपालिकामा भोलि बिहान पाँच बजेदेखि निषेधाज्ञा सुरु हुनेछ ।

    अहिलेसम्म देशभर ४१ जिल्लामा पूर्ण र १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको गृह मन्त्रालयले जनाएको छ ।

    बाँके, सुर्खेत, काठमाण्डौ, ललितपुर, भक्तपुर कास्की, कैलाली, पर्सा, कञ्चनपुर र सुनसरी गरी १० जिल्लामा भने निषेधाज्ञा लम्ब्याइएको छ । यी जिल्लाहरुमा २७ गतेदेखि आउँदो २९ गतेसम्मको विभिन्न मितिमा निषेधाज्ञा लम्ब्याइएको हो ।

    मन्त्रिपरिषद्को बैठकले हिमाली र पहाडी जिल्लामा दुई सय जना सक्रिय सङ्क्रमित भएमा र तराई तथा सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार निषेधाज्ञा लगाउँदै आएका छन् ।

     


    बिहिवार, बैशाख २३ २०७८०६:५४:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij