Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

पदमुक्त गरिदिनुभएकोमा मुरी–मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई’

पदमुक्त गरिदिनुभएकोमा मुरी–मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई’

  • मंगलवार, बैशाख २१ २०७८

  • 1.1K
    SHARES

  • पदमुक्त गरिदिनुभएकोमा मुरी–मुरी धन्यवाद छ राष्ट्रपतिज्यूलाई’

    काठमाडौं । गण्डकी प्रदेशको प्रमुखबाट हटाइएका अमिक शेरचनले पदमुक्त हुन पाउँदा आफूलाई खुसी लागेको बताउनुभएको छ । बिहान पोखरामा पत्रकार सम्मेलन गर्दै उनले प्रदेश प्रमुखबाट पदमुक्त हुन पाउँदा खुसी लागेको बताउनुभएको हो ।

    उहाँले आफूले पहिले नै राजिनामा दिन चाहेको खुलाउनुभयो । ‘मैले पहिला नै राजिनामा दिन चाहेको थिए । तर पछि पार्टीको आग्रह र अनुशासित कार्यकर्ताको नाताले बाध्य भए,’ शेरचनले भन्नभुयो, ‘पदमुक्त गरिदिनु भएकोमा मुरी–मुरी धन्यवाद छ राष्ट्रपति ज्यूलाई ।’

    आफू प्रदेश प्रमुख पदमा रहँदा कुनै राजनीतिक पक्षपात नगरेको पनि स्पष्ट पार्नुभयो । ‘संविधान निर्देशित निर्णय सदर गरे,’ उहाँले भन्नुभयो, ‘मैले एमालेको विपक्ष र माओवादी केन्द्र तथा कांग्रेसको पक्ष कुनै कदम चालेको छैन । उहाँले अहिलेको राजनीतिक दिशा निरङ्कुशतातर्फ गएको बताउँदै यो निर्णय निरङ्कुशताको पराकाष्ठा भएको टिप्पणी गर्नुभयो ।

    सरकारले माओवादी केन्द्रका नेता शेरचनलाई गण्डकी प्रदेशको प्रमुखबाट सोमबार हटाएको थियो । सो पदमा एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ ।


    मंगलवार, बैशाख २१ २०७८१०:५७:५४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij