काठमाडौं । लुम्बिनी प्रदेश सांसद विमला खत्री माओवादी केन्द्रमा प्रवेश गरेपछि निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको बहुमत गुमेको छ ।
दाङबाट प्रदेशसभा ३ (ख)बाट खत्रीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन् । नेपाली कांग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ५ हजार १ सय ४ मतअन्तरले पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा विजयी भएकी थिइन् ।
एमाले र माओवादी विभाजित भएपछि उनी कता लाग्ने टुंगो लागेको थिएन । तर, एमालेले उनलाईसमेत जोडेर आफ्नो पक्षमा ४१ सांसद रहेको दाबी गरेको उनीनिकट स्रोतले जनाएको छ ।
तर, खत्रीले माओवादी कित्तामा जाने निर्णय गरेपछि मुख्यमन्त्री पोखरेलले बहुमत गुम्ने ठहर गर्दै राजीनामा दिएको बुझिएको छ । यसैबीच माओवादीले विमला खत्री ार्टीमा प्रवेश गरेको औपचारिक जानकारी प्रदेश सभालाई जानकारी गराइसकेको छ ।
खत्री स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नी हुन् । सवारी दुर्घटनामा उनको निधन भएपछि भएको उपनिर्वाचनमा वली विजयी भएकी थिइन् ।