Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेमा कारबाहीमा परेका माधव नेपालसहित चार नेताले हालेको रिटमाथि आज सुनुवाइ हुँदै

एमालेमा कारबाहीमा परेका माधव नेपालसहित चार नेताले हालेको रिटमाथि आज सुनुवाइ हुँदै

  • आइतवार, बैशाख १२ २०७८

  • 774
    SHARES

  • एमालेमा कारबाहीमा परेका माधव नेपालसहित चार नेताले हालेको रिटमाथि आज सुनुवाइ हुँदै

    काठमाडौं । नेकपा (एमाले)बाट निलम्बनमा परेका चारजना नेताले आफूहरुसहित २७ जना सांसदको पद खारेजी हुने प्रक्रिया रोक्न र पुनःस्थापित एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालतमा दिएको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

    वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालको तर्फबाट संयुक्त रुपमा पेश गरिएको १४ बुँदे मागसहितको रिटमाथि न्यायाधीश प्रकाश ढुंगानाको इजलासमा सुनुवाई हुने भएको हो ।

    रिट निवेदकले आफूहरुमाथि गर्न लागिएको निष्कासनको कारवाही उत्प्रेषण, प्रतिषेधको आदेशद्वारा बदर तथा रोक्का गरिपाउँ भनेका छन् ।

    ती नेताहरुले निर्वाचन आयोगमा कायम रहेको एमालेका अभिलेख र विवरणमा कुनै परिवर्तन नगर्नु–नगराउनु भन्ने परमादेश आयोगका नाममासमेत जारी हुनुपर्ने माग गरेका छन् ।

    त्यस्तै आफूहरुले दल त्याग गरेको भनी एमालेले कारवाही गर्न सक्ने पूर्ण आशंका भएकाले सो कार्य रोक्न र संघीय संसद सचिवालयलाई पनि सांसद पद रिक्त गर्ने प्रक्रियाको पत्र गएमा सो कार्य नगर्न परमादेश माग गरिएको छ ।

     


    आइतवार, बैशाख १२ २०७८१२:२१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij