Aug 04 2026 | २०८३, श्रावण १९ गते

२०८३, श्रावण १९ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्री ओली आज पुनर्निर्मित धरहरा उद्घाटन गर्दै

प्रधानमन्त्री ओली आज पुनर्निर्मित धरहरा उद्घाटन गर्दै

  • शनिवार, बैशाख ११ २०७८

  • 1.3K
    SHARES

  • प्रधानमन्त्री ओली आज पुनर्निर्मित धरहरा उद्घाटन गर्दै

    काठमाडौं । भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा आज (शनिबार) उदघाटन गरिँदै छ । २०७२ को भूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्न लाग्नुभएको हो ।

    उदघाटन कार्यक्रममा कोरोना संक्रमणको जोखिमका कारण सीमित व्यक्तिहरुमात्र रहने र कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

    उदघाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । धरहरा उदघाटन गरिए पनि अवलोकन गर्न भने पाइने छैन । धरहरा पूर्णरुपमा तयार भइसकेको छैन ।

    २०७२ सालको भूकम्पले नौ तले धराहरा भत्किएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ ।

    पुनर्निर्मित धरहरामा सुनको जलप लगाइएको गजुर बुधबार राखिएको थियो । २२ औं तलामा शिवलिंग छ ।

    दुईवटा लिफ्ट र रंगरोगनको काम सकिएको छ । हाललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम जारी छ । धरहरालाई बलियो, आकर्षक र अपांगमैत्री बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियर राजुमान मानन्धरले बताउनुभयो ।


    शनिवार, बैशाख ११ २०७८०७:४४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij