Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रोकिएला त एमाले विभाजन ?

रोकिएला त एमाले विभाजन ?

  • बिहिवार, बैशाख ९ २०७८

  • 949
    SHARES

  • रोकिएला त एमाले विभाजन ?

    काठमाडौं । नेकपा (एमाले)को विभाजन रोक्ने प्रयासस्वरूप अध्यक्ष केपी शर्मा ओली र निलम्बित वरिष्ठ नेता माधवकुमार नेपालसँग आज दोस्रो दिन पनि छलफल जारी छ ।

    बुधबार साँझ नागपोखरीस्थित होटल मेरियटमा दुई नेताबीच दुई घण्टा संवाद भएको थियो । आज पनि भेटमार्फत विभाजन रोक्ने अन्तिम प्रयास भइरहेको स्रोतले जनाएको छ ।

    ओली र नेपालबीच आजको वार्ताले एमाले एकताबद्ध रहने वा नरहने तय हुने स्रोतले जनाएको छ । नेपालले आफ्नो टिमका नेताहरूसँग छलफल गर्ने समय मागेपछि वार्ता निष्कर्षमा पुगेका थिएन ।

    ओलीसँग भेट्नुअघि नेता नेपालले आफूनिकट नेताहरूसँग बुधबारको वार्ताको ब्रिफिङ गर्नुभएको थियो । नेपालमाथि उहाँकै समूहका नेताहरुले लचिलो बनेर पार्टीमा फर्केर काम गर्ने वातावरण बनाउन दबाब दिएका छन् ।

    पार्टी विभाजनको विपक्षमा धेरै नेताहरु उभिएपछि नेपाल दबाबमा छन् । भीम रावललगायतका नेताहरु भने अहिलेकै अवस्थामा ओलीसँग मिल्न नसकिने अडानमा छन् ।

    अध्यक्ष ओलीले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन नेपाललाई आग्रह गर्नुभएको छ । नेपाल पक्षका नेताहरुलाई पनि ओली र ओलीनिकट नेताहरूले बैठकमा सहभागी भएर आफ्ना कुरा राख्न सुझाव दिँदै व्यक्तिगत रुपमा सबैलाई उचित जिम्मेवारी दिइने बताएका छन् ।

    ओलीकै कारण एकपछि अर्को संकट

    यसैबीच, एमालेको खनाल–नेपाल पक्षले प्रधानमन्त्री ओलीकै कारण एक वर्षमा एकपछि अर्को सङ्कट निम्तिएको टिप्पणी गरेको छ ।

    झलनाथ खनाल, नेपालसहित सो पक्षका १५ नेताले आज संयुक्त अपिल जारी गर्दै साढे तीन वर्ष अगाडि एमालेले संविधान निर्माणमा नेतृत्व गरेको, झण्डै दुई तिहाइ संसदीय क्षेत्रमा वाम गठबन्धनले विजय हासिल गरेको र दुईवटा प्रमुख कम्युनिष्ट पार्टीको एकता गरेर कम्युनिष्ट आन्दोलनलाई ऐतिहासिक उचाइमा पु¥याएको उल्लेख गरेका छन् ।

    राजनीतिक घटना र कारणलाई हेर्दा नवौँ महाधिवेशनले नीति र नेतृत्वमा गरेका विरोधाभाषपूर्ण निर्णयको परिणामका रुपमा आज पार्टीले यो दुर्भाग्य बेहोर्दैछ भन्ने स्पष्ट रहेको उनीहरुको निष्कर्ष छ ।

    नेपालसहित २७ सांसदले बुझाए स्पष्टीकरण

    वरिष्ठ नेता नेपालसहित २७ जना सांसदले अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।

    एमाले संसदीय दलका नेतासमेत रहेका ओलीले सोमबार ’तपाइँहरूलाई सांसद पदबाट किन कारबाही नगर्ने ?’ भनेर नेपाल, खनाल, रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित २७ सांसदलाई स्पष्टीकरण सोध्नुभएको थियो ।

    आज सोही स्पष्टीकरणको जवाफ दिइएको नेताहरूले बताएका छन् । एमाले संसदीय दलका नेता विशाल भट्टराईले जवाफ आउने क्रम जारी रहेको बताउनुभएको छ ।

     


    बिहिवार, बैशाख ९ २०७८०३:१९:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij