Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संसद् अधिवेशन अन्त्य गर्दा विधि र परम्पराको उलंघन भयो : कांग्रेस नेता लेखक

संसद् अधिवेशन अन्त्य गर्दा विधि र परम्पराको उलंघन भयो : कांग्रेस नेता लेखक

  • मंगलवार, बैशाख ७ २०७८

  • 825
    SHARES

  • संसद् अधिवेशन अन्त्य गर्दा विधि र परम्पराको उलंघन भयो : कांग्रेस नेता लेखक

    काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संसद अधिवेशन अन्त्य गर्दा पनि सरकारले पद्धती र परम्पराको उलंघन गरेको टिप्पणी गर्नुभएको छ ।

    प्रतिनिधि सभाको बैठकको तयारी भइरहेका अवस्थामा सभामुखलाई समेत जानकारी नदिई सरकारले अधिवेशन अन्त्य गर्नु सरकारको स्वेच्छाचारीता भएको उहाँको भनाई थियो ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा उहाँले भन्नुभयो, “सामान्यतयाः अधिवेशन अन्त्य गर्दा अधिवेशनको अन्तिम बैठक बोलाएर त्यसमा अधिवेशनभरी भएका कामहरुको जानकारी दिदै अधिवेशन अन्त्यका लागि राष्ट्रपतिले पठाएको पत्र बाचन गर्ने परम्परा र पद्धती हुन्छ ।”

    तर अहिलेको सरकारले आजका लागि बोलाइएको बैठकलाई समेत वेवास्ता गरी हतार हतारमा हिजो नै अधिवेशन अन्त्य गर्नु संसदीय मान्यता र मर्ममाथीको ठाडो प्रहार भएको उहाँले आरोप लगाउनुभयो ।

    “नेपाली कांग्रेसले पनि सरकारको यो कदमको भत्सर्ना गरेको छ । यो सरकार एक पछि अर्को विधि प्रक्रिया, लोकतन्त्र र मुल्य मान्यतालाई उलंघन गर्दै आएको छ, त्यसैले यो नालायक भइसकेको छ, नेता लेखकले भन्नुभयो ।

    यस्तो सरकारलाई परिवर्तन गर्न नसक्ने प्रतिनिधिसभा पनि दोषी रहेको तर्क गर्दै उहाँले विस्तारै विस्तारै जनता समक्ष जानुपर्ने आशय व्यक्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “म फेरि एक पटक भन्छु, सरकार पहिलेदेखि नै बेकामको हुँदै आएको छ, प्रतिनिधिसभा पनि त बेकामको भयो नि ।”

    उहाँले कांग्रेस लोकतन्त्र र संसदीय पद्धतिमा विश्वास गर्ने भएकाले चुनाव हुने भयो भने जति बेला पनि तयार रहेको बताउनुभयो ।


    मंगलवार, बैशाख ७ २०७८०८:५६:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij