Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशका नयाँ मन्त्रीको पद धरापमा, आजै सरकारबाट फिर्ता हुन पार्टीको निर्देशन

लुम्बिनी प्रदेशका नयाँ मन्त्रीको पद धरापमा, आजै सरकारबाट फिर्ता हुन पार्टीको निर्देशन

  • मंगलवार, बैशाख ७ २०७८

  • 1.1K
    SHARES

  • लुम्बिनी प्रदेशका नयाँ मन्त्रीको पद धरापमा, आजै सरकारबाट फिर्ता हुन पार्टीको निर्देशन

    काठमाडौं । लुम्बिनी प्रदेशको सरकारमा हिजो मन्त्री बनेका जनता समाजवादी पार्टीका नेताहरुको मन्त्री पद धरापमा परेको छ ।

    पार्टीको निर्णय विपरित सरकारमा सहभागी भएको भन्दै पार्टीले कारवाही प्रक्रिया सुरु गरेपछि उनीहरुको पद धरापमा परेको हो ।

    विहान मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपनि बेलुका मन्त्री पदको सपथ लिएका चार नेतालाई पार्टीले हिजो नै निलम्बन गरी २४ घण्टे स्पष्टीकरण मागेको छ ।

    जनता समाजवादी पार्टी (जसपा)को लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादवले हिजो विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय विना मन्त्री बनेका सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेसंग स्पष्टीकरण माग्नु भएको हो ।

    आज बेलुकासम्ममा उनीहरु सरकारबाट फिर्ता नभएमा उनीहरुलाई पार्टीबाट निस्कासन गर्दै सांसद पदबाट समेत हटाउने पार्टीका केन्द्रीय नेताहरुले जानकारी दिएका छन् ।

    यादवद्धारा जारी विज्ञप्तिमा भनिएको छ– “सरकारबाट राजीनामा दिई उचित स्पष्टीकरण नदिएमा सांसद पद नरहने गरी कारबाहीका लागि कानुनी प्रक्रिया अवलम्बन गरिनेछ ।”

    हिजो दिउसो लुम्बिनी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।


    मंगलवार, बैशाख ७ २०७८०८:५२:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij