Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१८६ जना संक्रमित थपिए, १७३ डिस्चार्ज

१८६ जना संक्रमित थपिए, १७३ डिस्चार्ज

  • सोमवार, श्रावण ५ २०७७

  • 718
    SHARES

  • १८६ जना संक्रमित थपिए, १७३ डिस्चार्ज

    काठमाडौँ – नेपालमा १८६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १८६ जना नयाँ संक्रमित थपिएका सोमबार जानकारी दिए ।

    यो सँगै नेपालमा अहिले सक्रिय कोरोना संक्रमितको संख्या ५९३६ रहेको छ । पछिल्लो २४ घण्टामा जम्मा ४२१६ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

    उनका अनुसार हाल क्वारेन्टिनमा रहेका व्यक्तिहरुको संख्या २२ हजार २ सय २८ रहेको छ । नेपालमा जम्मा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको छ । गत चौबिस घण्टामा १७३ जना संक्रमणमुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    योसँगै नेपालमा आजसम्म संक्रमण मुक्त हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको डा. गौतमले जानकारी दिए । उनका अनुसार यो कुल संक्रमित मध्ये ६६.५१ प्रतिशत हो । कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नेपालमा ४० जना रहेको छ ।


    सोमवार, श्रावण ५ २०७७०४:३७:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij