काठमाडौं । आजदेखि नेपाल भाषा (नेवारी) पनि गुगल ट्रान्सलेटमा समेटिने भएको छ । गुगलको अनलाइन ट्रान्सलेट प्रविधिले नेवारी समुदायमा बोलिने भाषालाई मंगलबार बेलुकी ७ः४५ बजेदेखि पहिचान गर्ने भएको हो ।
विश्वभर ७ हजारभन्दा धेरै भाषाभाषीm रहेको भए पनि गुगलमा हालसम्म १०९ वटा मात्र भाषा समेटिएका छन् । अब नेपाल भाषा समेत गरी गुगल ट्रान्सलेटमा भाषाको संख्या ११० पुग्नेछ ।
वर्ल्ड नेवा अर्गनाइजेसनको पहलमा नेपाल भाषालाई गुगल ट्रान्सलेटमा राख्न लागिएकको हो । गुगल ट्रान्सलेट एप सबैभन्दा पुरानो ट्रान्सलेटर एप हो ।