Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

मौसम पूर्वानुमान : हल्का वर्षा हुनसक्ने सम्भावना

मौसम पूर्वानुमान : हल्का वर्षा हुनसक्ने सम्भावना

  • आइतवार, चैत्र २९ २०७७

  • 1.9K
    SHARES

  • मौसम पूर्वानुमान :  हल्का वर्षा हुनसक्ने सम्भावना

    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार (आज)साँझ र सोमबार (भोलि) दिउँसो हल्का वर्षा हुनसक्ने सम्भावना रहेको छ ।

    महाशाखाले आज देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

    बिहानको मौसमको अवस्थाबारे जानकारी दिँदै महाशाखाले देशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

    यस्तै, आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। भने, पहाडी भूभागका एक वा दुई स्थानमा अपरान्हपछि मेघगर्जन र चट्टयाङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    यस्तै, राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।


    आइतवार, चैत्र २९ २०७७०७:४४:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij