काठमाडौं । हाल देशमा स्थानीय वायुको तथा पश्चिमी वायुको आंशिक साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्युन चापीय प्रणालीको पनि प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू भागहरूमा आंशिक बदली रहेको छ साथै देशका केही स्थानहरूमा तुवाँलो लागेको अवस्था छ ।
आज देशका पहाडी भू भागमा आंशिक देखि समान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहने छ ।
प्रदेश १ का पहाडी भू भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू भागका एक वा दुइ स्थानमा अपरान्हतिर मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका केही स्थानहरूमा तुवाँलो रही रहने सम्भावना रहेको छ ।