Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गण्डकीमा माओवादीका दुई मन्त्रीले राजीनामा दिने

गण्डकीमा माओवादीका दुई मन्त्रीले राजीनामा दिने

  • बुधवार, चैत्र २५ २०७७

  • 1.4K
    SHARES

  • गण्डकीमा माओवादीका दुई मन्त्रीले राजीनामा दिने

    काठमाडौं । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् ।

    आज बिहान बसेको माओवादी संसदीय दलको बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ ।

    पार्टीको निर्देशन अनुसार आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर पुनले राजीनामा दिने भएका हुन् ।

    उनीहरूले आज साँझसम्म राजीनामा गर्ने प्रतिबद्धता जनाएको माओवादी सांसद दीपक कोइरालाले बताए ।

    संसदीय दल बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने गरेको छैन ।


    बुधवार, चैत्र २५ २०७७०१:१८:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij